सानिमा रिलायन्स लाइफद्वारा घरमै पुगेर घातक रोग बापतको बीमा दावी भुक्तानी

१४ जेष्ठ २०८१, सोमबार १८:१६

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा दाबि भुक्तानी गरेको छ ।

कम्पनीले बीमित अमृता सुनारको २ लाखको जीवन बीमा गरे बापत दुबै मृर्गौला फेल भई निरन्तर डाईलोसिस गर्नु पर्ने भएपछि २ लाख घातक रोग बीमा दाबि भुक्तान गरेको हो ।

बीमित सुनारको घर खजुरा गाउपालिका –२ , एल गाउँ पुगेर २ लाख रूपैयाको चेक कम्पनीका क्षेत्रीय प्रबन्धक दिपक कुमार वलि मार्फत हस्तान्तरण गरेको हो ।

कार्यक्रममा कम्पनीको खजुरा उपशाखा प्रमुख भिममाया बिक, एमडिआरटी एजेन्सी झलक कुमार चन्द, एजेन्सी मेनेजर कृष्णराज अर्याल, एजेन्सी अमृता रोका मगर सहित स्थानीय ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*