जगदम्बा मोटर्सले ल्यायो टिभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

१४ जेष्ठ २०८१, सोमबार १८:२४

काठमाडौँ। नेपालको लागि टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गतेसम्म चल्ने बताइएको छ ।

‘च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, राइड मोड र ग्लाइड थ्रु ट्राफिक जस्ता नयाँ प्रविधिबाट सुसज्जित टिभीएस मोटरसाइकल मोडलहरूमा आकर्षक लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ । यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन क्षमता सुनिश्चित गर्ने पनि बताइएको छ ।

सीमित अवधिका लागि घोषणा गरिएको अभियानमा ग्राहकहरूले टिभीएसका बाइक तथा स्कुटरको खरिदमा ६ हजार रुपैयाँसम्मको क्यास डिस्काउन्टका साथै, पुरानो मोटरसाइकलमा ६ हजार रुपैयाँसम्मको थप मूल्यांकनसहित जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम ३ हजार ९९९ रुपैयाँ प्रति महिनाको ईएमआई पनि उपलब्ध गराएको छ ।

साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*