आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

१५ जेष्ठ २०८१, मंगलवार ०९:३४

काठमाडौं । आज जेठ १५ गते गणतन्त्र दिवस मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ ।

आज सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना हुँदैछ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीप प्रज्वलन लगायत विभिन्न कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा आज सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । योसँगै आज सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रका साथै शिक्षण संस्थाहरू बन्द रहनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*