पाल्पा सिमेन्टले एक वर्षमा ४ अर्ब १२ करोडको व्यापार, निर्यातमा नयाँ फड्को

१५ जेष्ठ २०८१, मंगलवार १२:४५

काठमाडौँ । पाल्पा सिमेन्टले एक वर्षमा ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका अनुसार कम्पनी सन् २०२३ मा ४ अर्ब १२ करोड ९० लाख रुपैयाँको आम्दानी गरेको हो ।

सन् २०२३ मा कम्पनीले गरेको आम्दानी सन् २०२३ को तुलनामा ८.१४ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा भने ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा ४ अर्ब ४४ करोड रुपैयाँको आम्दानी गरेको छ ।

चालु आर्थिक वर्ष ६ महिनामा १ अर्ब ८० करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । निर्माण कार्य थप्प र आर्थिक मन्दिमा समेत कम्पनीले राम्रो व्यापार गर्न सफल भएको हो । पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ बिक्री गर्दै आइरहेको छ । भारतमा कम्पनीले सिमेन्ट निर्यात बढाउँदा व्यापार समेत बढेको हो ।

सन् २००९ मा स्थापित पाल्पा सिमेन्ट उद्योग लिमिटेड ग्रीनफिल्ड सिमेन्ट उत्पादन गर्ने इकाई हो । जसले २०१९ अप्रिलदेखि क्लिंकर र जनवरी २०२० बाट सिमेन्टको व्यावसायिक उत्पादन सुरु गरेको थियो । कम्पनीको प्लान्ट नवलपरासी जिल्लाको सुनुवाल गाविसमा अवस्थित छ । इन्डस्ट्रिजले तानसेन सिमेन्ट उत्पादन गर्छ । पाल्पा सिमेन्ट आरएमसी ग्रुपको हिस्सा रहेको छ । आरएमसीले विगत दुई दशकदेखि निर्माण सामग्रीको बजारीकरण गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*