मुग्लिङ ट्याक्सी दुर्घटनामा ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी

१५ जेष्ठ २०८१, मंगलवार १३:२६

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) गोरखा शाखाले ट्याक्सी दुर्घटना बाट ज्यान गुमाएको मृतकको परिवारलाई मृत्युदावी भुक्तानी गरेको छ ।

एलआइसीले मृतक स्वर्गिय हरि माया उपरकोटी र स्वर्गिय आगमन उपरकोटिको मृत्यु दावीको चेक उनको ईच्छाएको व्यक्ति टेक बहादुर उपरकोटिलाई गोरखा नगरपालिका वार्ड न ४ का वडाध्यक्ष लाल प्रसाद भट्टराईको उपस्थितिमा एक कार्यक्रम गी हस्तान्तरण गरिएको हो ।

बीमितले यहि २०८० साउन ३२ गते एलआईसी नेपालको गोरखा शाखाबाट १५ वर्षे बीमालेख खरिद गरेका थिए । मिती २०८० चैत १७ गते शनीबार बिहान ५ बजे काठमाडौबाट गोरखा फर्कने क्रममा बा २ ज ४१९६ नम्बरको ट्याक्सी ईच्छाकामना गाउ पालिका–४ मुग्लिङ बजार नजिक दुर्घटना हुँदा घटनास्थल मै बीमितको ज्यान गएको थियो ।

बीमा दावी वापतको चेक गोरखा नगरपालिका वार्ड न ४ को वडाध्यक्ष लाल प्रसाद भट्टराई ,गोरखा शाखा प्रमुख नबिन पाण्डे , बरिस्ट एजेन्सी म्यानेजर शंकर बहादुर कुवर र एजेन्सी म्यानेजर मुहम्मद फजल मियाले घरमै पुगेर हस्तान्तरण गरेका हुन्।

मृत्यु दाबी भुक्तानी कार्यक्रममा बोल्दै एलआईसी नेपालका गोरखा शाखा प्रमुख नवीन पाण्डेले जीवन बीमा भनेको बचत र सुरक्षा भएकोले मृत्युपछि पनि परिवारलाई आर्थिक रुपमा सहज हुने बताए । त्यसैले व्यक्तिले कमाएको २० देखि ३० प्रतिशतसम्म आम्दानी बीमामा लगानी गर्दा राम्रो हुने बताए ।

त्यस्तै, गोरखा नगरपालिका वडा न–४ वडाध्यक्ष लाल प्रसाद भट्टराई, बरिस्ठ एजेन्सी म्यानेजर शकर बहादुर कुवर र मुहम्मद फजल मियाले जीवन बीमाको महत्त्व र आवश्यकता माथि प्रकाश पार्दै जसले आफू र आफ्नो परिवारलाई माया गर्छन् उनीहरुले अनिवार्य जीवन बीमा गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*