मुसाहरूले फेरि चुहाए बजेटको सूचना

१५ जेष्ठ २०८१, मंगलवार १४:३३

काठमाडौं । यस वर्ष पनि बजेट सम्बन्धी सूचना चुहिएको छ । जसको लेखाजोखा आगामी सातासम्म हुनेछ । आर्थिक वर्ष २०८१/८२ को बजेटको सुचना तस्कर, ब्यापारी, माफियादेखि शीर्ष नेताहरुको घरदैलोमा पुगेको छ । अर्थमन्त्री वर्षमान पुनले आज (जेठ १५ गते) बजेट प्रस्तुत गर्ने बजेटमा करका दरबारे सूचना बाहिर चुहिएको हो ।

हिजो बजेट बनाउने अन्तिम दिन राति अबेर सम्म सिहंदरबार स्थित अर्थमन्त्रालयमा बिचौलियाहरु ओहोर दोहोर गरिरहेको देखिथ्यो । त्यसो त, बिचौलिया मात्र नभई अर्थमन्त्रालयकै कर्मचारी समेत बाहिर निष्केर बजेटको सूचना चुहाएका थिए ।

बजेट सम्बन्धी ब्रिफिङ गर्ने अर्थ मन्त्रालयका सह सचिव धनिराम शर्मा बालकोटमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिको घरमा पुगेको खुलासा भएको छ । शर्माले करिब अध्यक्ष ओलिको घरमा गई करिब ४० मिनेटसम्म आगामी बजेटमा आउन लागेको विशेष बुँदाहरु बारे जानकारी गराएका थिए । शर्माले ब्रिफिङ गरी सकेपछि अध्यक्ष ओलिले केहि बुँदा परिमार्जनका लागि भनेका थिए । ओलिले शर्मालाई केहि बुँदा कागजमा लेखेर नै परिमार्जन गर्ने भनेको स्रोतले बताएको छ ।

यता, नेपाल धितोपत्र बोर्डको जिम्मेवारीमा रहेका अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले माडवाडी व्यापारीहरुको सामु बजेटको केहि आवश्यक बुँदा सुनाएका छन् । माडवाडी व्यापारीहरुले चाहेको केहि बुँदाहरु शाक्यले मंगलबार राति भेटघाट गर्दै चुहाएका थिए । माडबाडीहरुले पनि आफ्नालाई बाधा गर्ने केहि नीतिगत ब्यवस्था फुकुवाको माग गरेका थिए । सो पश्चात शाक्य माडवाडी व्यापारीहरुका सुझाव लिएर फिर्किका हुन् ।

भन्सार कर बढ्ने आतंकमा रहेका अटो ब्यवसायीहरुसम्म समेत बजेट चुहावट भएको छ । अर्थमन्त्रालय सचिवालयमा काम गर्छु भन्दै दम्ब बोकेका केहि कर्मचारीहरुले अटो ब्यवसायीहरुसँग भेट गरी करका दर बारे सूचना चुहाएको पाइएको हो ।

बजेट कस्तो आउँदैछ भन्ने जानकारी लिएर अर्थमन्त्रालयका एक जना सह–सचिव बुढानिलकण्ठ पुगेको समेत खुलासा भएको छ । प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेर बहादुर देउवा र आर्जु राणासँग बजेट बारे छलफल गर्ने अर्थमन्त्रालयकै ब्यक्ति गएको हुन् । अर्थमन्त्री तथा प्रधानमन्त्री कै निर्देशनमा अर्थमन्त्रालयका एक सहसचिव कांग्रेस सभापतिको दैलोमा पुगेको स्रोतले बताएको छ ।

साथै, अहिले समाजिक सञ्जालमा समेत बजेट केहि बुँदा सार्वजनिक भइरहेका छन् । अर्थमन्त्रालयका उच्च स्रोत भन्दै बजेटका कर सम्बन्धी बुँदालगायत फाइरल भइरहेको छ । यसअघि अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक बर्ष २०७८/७९ को बजेटको सूचना चुहाएको आरोप लागेको थियो । उनले केहि सीमित घरानाका ब्यक्तिहरुलाई अर्थमन्त्रालयमै बोलाएर करका दायरा हेरफेर गरेको पाइएको थियोे ।

भुईमान्छेका आवाज कहिले नसुन्ने बजेटले माफियाहरुका निर्देशन भने पालना गर्दै आइरहेको छ । आज दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदैछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*