२०८१ देखि ०९१ को अवधिलाई कृषि लगानी दशक घोषणा

१५ जेष्ठ २०८१, मंगलवार १५:३६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा कृषिलाई व्यवसायिक रुपले अगाडी बढाउने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री पुनले वि.स. २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरेका हुन् ।

साथै, उनले आगामी बजेटमा विभिन्न भौगोलिक र सामाजिक रुपले विभिन्न स्थानीय तहको अध्ययन गरी उक्त स्थानहरुलाई कृषि पोकेट क्षेत्रका रुपमा विकास गरिने बताए ।

आम किसानहरुलाई सहज र सजिलो तरिकाले विउ तथा मल वितरण गरिने समेत बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*