आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने, चिन र भारतका प्रमुख सहरमा पर्यटकीय प्रदर्शन

१५ जेष्ठ २०८१, मंगलवार १५:४६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने गरि ‘पर्यटन प्रवर्दन कार्यक्रम’ सञ्चालन गरिने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री पुनले नयाँ गन्तव्य र मौजुरा गन्तव्यको विकासका लागि पर्यटक प्रोफाइल स्थापना गरिने समेत बताए ।

उनले पर्यटकीय क्षेत्रमा रहेका समस्यालाई समाधान गरी पर्यटकलाई एकद्वारा विधिबाट सेवा प्रवर्धन गरिने समेत बताएका छन् ।

पर्वतारोहण गर्ने प्रणालीलाई स्वचालित रुपमा विकास गरिने समेत आगामी बजेटमा उल्लेख गरिएको छ । साथै, उनले छिमेकी मुलुक भारत र चिनका प्रमुख सहरहरुमा पर्यटकीय विकास लक्षित विभिन्न कार्यक्रम समेत सञ्चालन गरिने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*