आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम सरकारले घटायो

१५ जेष्ठ २०८१, मंगलवार १६:०६

सरकारले आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम घटाएको छ ।
चालु आर्थिक वर्षमा सरकारले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदानका विभिन्न शीर्षकमा ५ खर्ब ६९ अर्ब ५५ करोड बजेट हन्तान्तरण गर्ने व्यवस्था मिलाएको थियो । तर आगामी वर्ष प्रदेश र स्थानीय तहमा कुल ५ खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण हुने भएको छ ।

मंगलबार दुई सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट वक्तव्यमा प्रदेश र स्थानीय तहमा अगामी वर्ष राजस्व बाँडफाँटबाट मात्रै १ खर्ब ५९ अर्ब हस्तान्तरण हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा भने राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा जम्मा १ खर्ब ७३ अर्ब ९२ करोड रकम हस्तान्तरण हुने अनुमान थियो ।

अर्थमन्त्री पुनका अनुसार आगामी वर्ष वित्तीय समानकीरण अन्तरगत प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब बजेट विनियोजन भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*