सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा

१५ जेष्ठ २०८१, मंगलवार १६:२५

काठमाडौँ । सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको छ । मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गर्ने घोषणा गरेको हो । अहिलेसम्म जग्गा रोक्का र फुकुवाका लागि सम्बन्धित जग्गाधनी र रोक्का गर्नेहरु मालपोत कार्यालयमा पुग्नुपर्ने व्यवस्था थियो । अब भने अनलाईनबाटै जग्गा रोक्का र फुकुवा गर्ने सरकारको घोषणा हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*