सूचना प्राविधि सरकारको उच्च प्राथमिकतामा, डिल्लीबजारमा भव्य भवन बनाइने

१५ जेष्ठ २०८१, मंगलवार १६:३६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सूचना प्रविाधि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । सरकारले आगामी वर्षमा सूचना प्रविधि पार्कहरु निर्माण गरेर सूचना प्रविधि सम्बन्धी उद्योगहरुलाई निःशुल्क सरकारी र निजि वनहरु उपयोग गर्न दिने घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट बक्तव्यमार्फत सूचना प्रविधिको लागि वर्क स्टेशन निर्माणको लागि काठमाडौंको डिल्लीबजारमा बहुतल्लो भवन निर्माण गर्ने घोषणा गरेका छन् । त्यस्तै, ललितपुरको खुमलटार र बुटवलमा आईटी पार्क निर्माण गरिने उल्लेख छ ।

सरकारले नेपालले सूचना प्रविधिको हबको रुपमा विकास गर्ने घोषणा गरेको छ । आगामी १० वर्षमा ३० खर्ब रुपैया ँबराबरको आईटी निर्यात गर्ने घोषणा गरेको छ । सो कार्यका लागि पाँच लाख जनशक्ति विकास गरी रोजगारी दिने उल्लेख छ । त्यसैगरी, डिजिटल नेपाल फ्रेमवर्कको थप सुधार गर्दै कार्यान्वयनको लागि ५९ करोड रुपैयाँ बजेट बिनियोजना गरिएको जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*