मधेश प्रदेशकै पहिलो छिन्नमस्ता पालिकाले शिक्षकको तलब इएफटी मार्फत बैंक खातामा दिन सुरु

१६ जेष्ठ २०८१, बुधबार १९:१३

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मधेश प्रदेशकै पहिलो सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलब इएफटी मार्फत सौझै बैंक खातामा पठाउने काम सुरु गरेको छ ।

बुधबार पालिकाले सखडा विद्यालयका शिक्षक कर्मचारीको तलब पठाइसकेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । त्रैमासिक रुपमा हुँदै आएको शिक्षक कर्मचारीको तलब मासिक रुपमा दिन थालेपछि उनीहरूलाई सहज हुनेछ, उनले भने, हामीले इएफटी मार्फत सौझै बैंक खातामा तलब पठाउने काम सुरु गरिसकेको छौँ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दले यसले १९ विद्यालयका १ सय ६७ जना शिक्षक कर्मचारी प्रत्यक्ष लाभान्वित हुने जानकारी दिए । त्रैमासिक रुपमा पाउँदै आएको तलब मासिक रुपमा पाउने भएपछि उनीहरूको दैनिक कामकाजमा सहजता हुने पालिका अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।
मासिक रुपमा तलब पाउने भएपछि शिक्षकहरू पनि उत्साहित देखिएका छन । एक जना शिक्षकले भने, पहिला तीन महिनामा तलब आउँथ्यो तबसम्मा धेरै ऋण सापटी भइहाल्थ्यो अब मासिक रुपमा तलब आए ती चिन्ताहरूबाट आराम हुन्छ ।

यो निर्णयसँगै शिक्षकहरूमा थप उर्जा भेटिएको छ । मासिक तलबले विभिन्न गर्जोहरू टार्न र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र मासिक तलब नभएकोले तिर्न समस्या हुन्थ्योु, एक शिक्षले भने, यसले हाम्रो समग्र समस्यालाई समाधान गर्दै मानसिक रुपमा पठनपठाब गराउन थप उर्जा प्रदान गर्नेछ, पालिकाको यो सरहानीय निर्णय प्रति हामी आभार प्रकट गर्न चाहन्छौँ, समग्र शैक्षिक क्षेत्रलाई अगाडि बढाउन पालिकाले लिएको निर्णयहरुमा प्रतिबद्ध भई काम गर्न तयार छौँ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*