लगानी योग्य वातावरण बनाउने बजेट आयो, कार्यान्वयनमा तीव्रता दिनुपर्छः अध्यक्ष ढकाल

१७ जेष्ठ २०८१, बिहीबार १०:०१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट मार्फत निजि क्षेत्रका अधिकांश माग सम्बोधन भएको भन्दै कार्यान्वयनमा तीव्रता दिनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका बिषयहरुमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

बजेटले लगानीको वातावरण बनाउनको लागि प्राथमिकता दिएकाृ भन्दै खुसि व्यक्त गरे । उनले भने, ‘निजि क्षेत्र बिनाको आर्थिक समृद्धि सम्भव छैन भन्ने कुरा स्थापित भएको छ। मुलूकमा बीचमा आएको अर्थतन्त्रको संकुचन सकारात्मक तरीका सुधार गर्नुपर्छ । मौद्रिक नीति पनि बजेट सँगसँगै अघि बढेको छ । निजि क्षेत्रका अधिकांश माग पुरा भएका छन् । अब कार्यन्वयन गर्नुपर्छ । सहयोगी गर्ने हामी तयार छौं ।’

अहिलेको बजेटले परम्परागत प्रक्रियाको बजेट परिवर्तन गरि नयाँ चरणको सुधार गरेको ढकालले बताए । ‘निजि क्षेत्रको सुझावलाई सबै राजनितिक दलहरुलाई राखेर अघि बढेका थिए । यो बजेटले नयाँ सुधार ल्याउँछु’ उनले भने।

लगानीको वातावरण बनाउन कानून संशोधन हुनु निकै सकारात्मक रहेको ढकालको भनाइ छ । ‘देशमा लगानीको वातावरण छैन भन्ने कुरा चिर्न सरकारले कानून परिवर्तन गर्नु सकारात्मक रहेको छ । लगाननीको वातावरण बनाउन सबै क्षेत्रले सहयोग गरेको छ ।’

‘लगानीको वातावरण बनाउन सबै दूरदराजको समेट्ने गरी इन्भेष्टमेन्ट कम्पनी बनाउनु पर्छ । बजेट मार्फत सबै क्षेत्रलाई समेटेकोमा सकारात्मक छु’ ढलालले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*