डोटीमा आगलागीबाट २ पसल जलेर पूर्ण रुपले नष्ट

१७ जेष्ठ २०८१, बिहीबार ११:००

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं १ साझघाटस्थित २ वटा पसलमा आगलागी भएको छ । बिहीबार राति ११ः१५ बजेदेखि विद्युत् सर्ट भएर आगलागी भएको वडाध्यक्ष बलबहादुर खड्काले बताए ।

दिलबहादुर खड्काको दिलासा फेन्सी स्टोरबाट सुरु भएको आगलागी सँगै जोडिएर रहेको विष्णुबहादुर खड्काको खड्का हाटेल पनि पूर्ण रूपमा जलेर क्षति पुगेको वडाध्यक्ष खड्काले जानकारी दिए।

आगलागी भएको ३ घण्टापछि स्थानीय ,प्रहरी र दिपायल सिलगढी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*