प्रतितोला २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो

१७ जेष्ठ २०८१, बिहीबार ११:२७

काठमाडौं । बिहीवार अर्थात आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँमा ष्खरिदबिक्री भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदीको मूल्य एक हजार ९०० रुपैयाँमा किनबेच भईरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोलमा एक हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*