शिक्षादीप एकेडेमीका मास्टरले कुटेपछि विद्यार्थी बेहोस

१७ जेष्ठ २०८१, बिहीबार १५:३४

काठमाडौं । शिक्षादीप एकेडेमी विद्यालयका शिक्षकले एक विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । नाम परिवर्तन (रमेश खरेल) नाम गरेका उक्त छात्रलाई विद्यालयका शिक्षकले कुटपिट गरेको हो ।

इटहरी, १६ बालगाममा रहेको उक्त शिक्षादीप एकेडेमीमा उनी कक्षा ९ मा अध्ययनरत छन् । शिक्षकको कुटपिटबाट अचेत अवस्थामा १४ वर्षका उनलाई पुगेका उनलाई उपचारका लागि विराट टिचि अस्पताल पुर्याइएको स्रोतले बताएको छ ।

अहिले विश्व २१औं सताप्दीमा गुज्रिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने नयाँ नौला किसिमका शिक्षण प्रणालीलाई प्राथमिकतामा राख्ने गरिएको छ । शिक्षण सामाग्रिदेखि शिक्षण शैलिसम्मले गतिशिलता पाएका छन् । कसरी खाने, कसरी बोल्ने, कसरी घुम्ने, के गर्ने के नगर्ने, खाना कसरी पकाउने भन्ने लगायत हर विषयमा पढाई हुन थालिसकेको छ । यसको मतलब पठन पाठनको महत्व व्यक्तीको जीवनमा व्याकिन ह्वाईट प्रश्नपत्र र सादा पेपर भर्न मात्रै सिमित छैन, व्यक्तीका विचारहरुलाई जिवन्त तुल्याउँन समेत छ । तर, नेपालमा कहिले काही यस्ता घटना घट्ने गर्छन् जुन कल्पना बाहिरका जस्ता देखिन्छन् । कतिपय घटनाहरु पत्याउन समेत हम्मेहम्मे पर्ने गरेको छ ।

शिक्षा क्षेत्रमा घट्ने यस्ता घटनाहरु खासै नौला भने होइनन् । यसबाट पनि विद्यार्थीहरु पढ्न विद्यालय गइरहेका छन् कि कुटाइखान हो भन्ने जस्तो पनि देखिन्छ । घटना जहाँको भए पनि यसमा सम्बन्धित नियकायहरुको ध्यान तुरुन्तै जानु पर्छ भने आगामी दिनमा समेत विद्यार्थीहरुले अनाकहमा भोग्ने सास्तीको सधैंका लागि अन्त्य हुनुपर्ने देखिन्छ ।

यस्ता घटनाबाट समग्र शिक्षा क्षेत्र र सबै सरोकारवालाहरुले ठूलो पाठ सिक्नुपर्ने देखिन्छ । हाल विद्यार्थी माथि गृहकार्य नगरेको निहुँमा ठूलै रिसिवि फेरेको शैलिमा विद्यार्थी पिट्ने शिक्षक पुष्य प्रसाद पोखरेल हुन् । हाल अभिवावकहरुले उनलाई विद्यालयबाट निलम्बन गर्नु पर्ने, अस्पतालमा लागेको सम्पूर्ण शुल्क व्यहोर्नु पर्ने तथा उनलाई कडा कारबाही गर्नु पर्ने माग राखेका छन् ।

आधा मात्रै गृहकार्य गरेको भन्दै कुटाइखाएका विद्यार्थी करिब तीन घण्टा पछि होसमा आएको र सो कुरा मिडीया सामु ल्याउनु परेको विद्यार्थी निकट अभिभावकहरुले बताएका छन् । सोही विषयमा सोधखोज गर्न फोन गर्दा शिक्षादीप एकेडेमीका प्रध्यानाध्यापक सहदेव काफ्लेले घट्नाले ठूलो रुप लिनुको पछाडी खासै कुनै कारण नदेखिएको र मानिसबाट जानिनजानी हुने गल्ती मध्ये यो घटना पनि एक हुन पुगेको विश्लेषण गरेका छन् । उनले कुटाई खाएका विद्यार्थी विगत डेढ वर्षदेखि आफ्नो विद्यालयमा अध्यनरत रहेको र उनले पनि शैक्षिक हिसाबमा हेर्दा राम्रै प्रगति गरेको खुलाएका छन् ।

प्राध्यानाध्यपक काफ्ले अकारण विद्यार्थी माथि ठूलै कुटपिट गरेकै कारण विद्यालयको संचालक समितिले शिक्षक पोखरेललाई पदबाट निलम्बन समेत गरिसकेको जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*