अगाडि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, आज अन्तर्वार्ता

१७ जेष्ठ २०८१, बिहीबार १५:३४

काठमाडौँ । टी–२० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको छ । दूतावासले बिहिबार लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो । तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई रोक लगाएको थियो । लामिछानेका समर्थकहरुले उनी पनि खेलमा सहभागी बन्न पाउनुपर्ने भन्दै केही दिनयता नाराजुलुस गर्दै आएका छन् ।

सडक आन्दोलन चर्किने भएपनि दूतावासले उनलाई भिषा दिन अन्तर्वार्ताका लागि बोलाएको हो । यता, सरकारले पनि कुटनीतिक नोट पठाउँदै लामिछानेलाई खेल्ने मौका दिनका लागि अमेरिकासँग भिसाको आग्रह गरेको थियो ।

सरकारी तहको कुटनीतिक नोट र क्यानको दबाबपछि भिषा दिनका लागि उनलाई दूतावास बोलाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*