उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठद्धारा अर्थमन्त्री पुनविरुद्ध मोर्चाबन्दी

१७ जेष्ठ २०८१, बिहीबार १५:५५

काठमाडौं । निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थमन्त्री वर्षमान पुनविरुद्धमा मोर्चाबन्दी कसेका छन् । वर्तमान अध्यक्ष चन्द्र ढकालपछि अध्यक्ष पद सम्हाल्ने तयारी गरिरहेका श्रेष्ठले केही माफिया, तस्कर व्यापारीसँगको सेटिङमा अर्थमन्त्री वर्षमान पुनका विरुद्धमा मोर्चाबन्दी कस्दै विरोध गर्दै हिडेका छन् ।

हिजो हिमालय होटलमा आयोजित कार्यक्रममा अर्थमन्त्री पुनका विरुद्धमा चर्को भाषण गरे । त्यहाँ उनले आफैले भने, ‘मैले गत वर्ष बिलेटको कर बढाउँदा स्पन्ज आइरनको पक्षमा भयो भनेर सरकारको विरोध गरे, गत वर्ष भर्खरै मात्र रोलिङ मिल खोलेको थिए । यस पटक पनि यो रोलिङ मिलले नहुने रहेछ भनेर मेल्टिङ उद्योग लगाएको आज १५ दिन मात्र भयो । फेरि सरकारले कर बढाइदियो ।’ उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष गरिमामय सार्वजनिक पद धारण गरेका श्रेष्ठले व्यक्तिगत लाभ र विष्णु न्यौपानेलगायतका माफिया व्यापारीसँग मिलेर अर्थमन्त्री विरुद्धमा मोर्चाबन्दी गर्दै व्यापारीलाई उचालेर आन्दोलनमा होमिएका छन् ।

बुधबार पत्रकार सम्मेलनमा शोभाकर न्यौपानेले आफूहरुको नेता अन्जन श्रेष्ठ भएको र उहाँकै आड भरोसामा अबको संघर्ष अघि बढ्ने बताएका छन् । पोखराका व्यवसायी श्रेष्ठको अर्थमन्त्रीसँगको सम्बन्ध अब आन्दोलनबाटै सरकारलाई देखाईदिने भन्दै व्यापारीलाई उचाल्दै आइरहेका छन् ।

अर्थमन्त्रालयले सरकारले गम्भिर छलफल गरे पश्चात फलामका तीन थरी कच्चा पदार्थको प्रकृति अनुरुप सबैभन्दा धेरै अर्ध तयारी बिलेटमा ५ प्रतिशत, अलि कम अर्ध तयारी कच्चा पदार्थ स्पन्ज आइरनमा २.५ प्रतिशत र सबैभन्दा तल्तो तहको कच्चा पदार्थको रुपमा स्क्र्यापमा एक प्रतिशत मात्रै कर लिने व्यवस्था बजेटमा गरेको थियो ।

अर्थमन्त्रीले अर्थ सचिव, राजश्व सचिवसहितको छलफल तथा विगतमा लेखा समिति लगायतका संसदीय समितिहरुले दिएको निर्देशन विपरित न्यायोचित रुपमा स्पन्ज आइरनमा कर लगाउँदा पनि अन्जन श्रेष्ठले कुरै नबुझी जनार्दन शर्माको पालामा लाभ र सुविधा पाएका व्यापारीहरुको पछि लागेर अर्थमन्त्री पुनका विरुद्धमा मोर्चाबन्दी कस्न पुगेका छन् ।

त्यसो त अन्जन श्रेष्ठले कसेको मोर्चाबारे अर्थमन्त्रालय समेत सचेत रहेको जनाएको छ । बीमापोष्टको सम्पर्कमा आएक एक अधिकारीले फलामे छड व्यवसाइहरुको आन्दोलन, अभियान र अभिव्यक्तिलाई नजिकबाट नियाली रहेको बताए । सो सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा फलामे छड व्यवसायी संघका अध्यक्ष विष्णु न्यौपानेसँग जिज्ञाशा राख्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*