निजामती कर्मचारी अस्पतालमा १२८ जना कर्मचारी माग (सूचना सहित)

१८ जेष्ठ २०८१, शुक्रबार ०८:४९

काठमाडौं । निजामती कर्मचारी अस्पतालले १२८ जना योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । अस्पतालले खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी विभिन्न सेवा, समूह तथा उपसमूहमा आवेदन खुलाएको हो ।

अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, रेडियोग्राफर, ल्याब टेक्निसियन, प्रशासन सहायक र प्रशासन उपसहायक पदहरूमा विभिन्न संख्यामा दरखास्त आह्वान गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित असार ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*