धितोपत्र बोर्डको प्रवक्तामा डा.नवराज अधिकारी नियुक्त

१८ जेष्ठ २०८१, शुक्रबार ११:१३

काठमाडौँ। नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई तोकिएको छ ।

बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले बिहिबार अर्थात् जेठ १७ गतेदेखि लागू हुने गरि डा. अधिकारीलाई प्रवक्ता तोकेका छन् ।

यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी पूरा गर्दै आएका थिए । २०७९ पुस ४ गतेदेखि श्रेष्ठले पूरा गर्दै आएको जिम्मेवारी डा। अधिकारीलाई प्रदान गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*