अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प सबै मुद्दामा दोषी ठहर

१८ जेष्ठ २०८१, शुक्रबार ११:२२

काठमाडौँ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटै मुद्दामा दोषी ठहर गरिएको छ । न्युयोर्कमा भएको ऐतिहासिक सुनुवाइका क्रममा उनलाई दोषी ठहर गरिएको हो ।

अमेरिकाको इतिहासमै बहालवाला वा पूर्व राष्ट्रपतिलाई अपराधको सजायँ सुनाइएको पहिलोपटक हो । आगामी जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजायँ निर्धारण गरिनेछ । ट्रम्प जेल जान सक्ने सम्भावना रहेको बताइएको छ ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडनलाई हराएर ह्वाइट हाउसमा फर्कने ट्रम्पको अभियानलाई प्रभावित पार्ने गरी अदालतले फैसला गरेको बताइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*