एनसीएचएल र नेप्सको एकीकृत कारोबार मिति तय

१८ जेष्ठ २०८१, शुक्रबार ११:५९

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) र को एकीकृत कारोबार आागामी जेठ २१ गतेदेखि सञ्चालन हुने भएको छ ।

प्राप्तिको प्रस्ताव सम्बन्धित नियमनकारी निकायहरुबाट स्वीकृती भएसँगै ती दुबै कम्पनीले एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । दुवै कम्पनी बीच गत चैत २२ गते सम्पन्न भएको अन्तिम सम्झौता दुवै संस्थाको वैशाख १३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको थियो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत जेठ २ गते र कम्पनीको रजिष्ट्रारको कार्यालयले जेठ १३ गते स्वीकृती दिइसकेको छ । प्राप्तिपश्चात अब ‘नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)’को नामबाट एकीकृत कारोबार सञ्चालन हुनेछ।

एनसीएचएल र नेप्सको चुक्तापूँजी क्रमशः अर्ब ६६ लाख र २१ करोड १२ लाख रहेकोमा प्राप्तिपश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*