यूएलसीआईले नेपालमै पहिलोपटक ‘आई–फेयर’ गर्दै

१८ जेष्ठ २०८१, शुक्रबार १७:१८

काठमाडौा । आईतबार काठमाडौंमा नेपालकै पहिलो बहुवैकल्पीक ‘आई–फेयर’ हुने भएको छ । आइतबार (जेठ २० गते) ‘यूएलसीआई’ ले नेपालमै पहिलोपटक बहुवैकल्पीक ‘आई–फेयर’ गर्न लगेको हो ।

नेपालमै पहिलोपटक एकै ठाउँमा ‘आईइएलटीएस’ देखि ‘एसएटी’ सम्मको युनिभर्सल ल्यांग्वेज एण्ड कम्पयुटर इन्स्टिट्यूट(यूएलसीआई) का प्रमुख कार्यकारी अधिकृत उत्तम प्रसाद पन्तले बताए । पहिलोपटक ‘आईइएलटीएस’, ‘पीटीई’, ‘टीओइएलएफ’, ‘ओईटी’, ‘जेएफटी’, र ‘एसएटी’ का प्रतिनिधिहरुलाई नै राखेर आई–फेयर गर्न लागिएको छ ।

अन्तर्राष्ट्रिय परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि व्यापक कार्यक्रम ‘आई–फेयर’ आइतबार गर्न लागेको हो । आई–फेयरमा अन्तराष्ट्रिय परीक्षाको तयारी गरिरहको विद्यार्थीहरुलाई बहुमुल्य जानकारी एवं स्रोतहरुको बारेमा जानकारी पाउनेछन् ।

आई–फेयरमा विद्यार्थीहरुले. निशुल्क प्रवेश गर्न सक्नेछन । आई–फेयरमा सहभागीका लागि कुनैपनि शुल्क लगाइएको छैन् । विद्यार्थीहरुले क्युआर स्क्यान गरेर आफै आफ्नो सहभागीताका लागि रजिस्ट्रेसन गर्न सक्ने जनाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत पन्तले भने, ‘हामी विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक कार्यमा सफल हुन आवश्यक पर्ने ज्ञान र स्रोतहरूद्वारा सशक्त बनाउन प्रतिबद्ध छौं । हामीले गर्न लागेको आई–फेयरलाई प्रत्यक्ष सम्बन्धित भाषाको प्रतिनिधिसंग जोड्ने काम गरेका छौं । विद्यार्थीले प्रत्यक्ष जानकारी र सल्लाह प्रदान गर्र्न सक्नेछन् । आईइएलटीएस होस या पीटीई सबैका प्रतिनिधिहरुलाई एकै ठाउँमा राखेर विद्यार्थीहरुलाई आवश्यक उनको आवश्यकता अनुसारको जानकारी पदान गरिने छ । अन्तर्राष्ट्रिय परीक्षाहरूको लागि तयारी गर्ने जो कोहीका लागि यो अमूल्य अवसर हो ।’

‘चाहे विद्यार्थीले भर्खरै परीक्षण तयारी यात्रा सुरु गर्दै गरेको होस वा तयारी गर्ने सोचामा होस । आईफेयरले सबैको लागि निशुल्क अवसर प्रदान गर्दैछ । हामी विद्यार्थी र अभिभावकहरूलाई सिक्न, नेटवर्क गर्न र आफ्नो क्षितिज विस्तार गर्ने यो अनौठो अवसरको फाइदा उठाउन प्रोत्साहन गरिरहेका छौं ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*