संसदीय दलमा ओलीले झुट बोले, जेठ १४ गते सह सचिवसँग लिएका थिए ब्रिफिङ

१९ जेष्ठ २०८१, शनिबार २१:२६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै माओवादीले एकलौटी रुपमा बजेट बिनियोजन गरेको भन्दै असन्तुष्टि पोखेका छन् ।

शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटबारे एमालेलाई माओवादीले कुनै जानकारी नै नदिएको आरोप लगाए । तर, उक्त आरोप झूठा भएको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त सूचनामा एमालेका अध्यक्ष केपी ओलीले जेठ १४ गते साँझ करिब ६ बजेदेखि ८ बजेको बीचमा अर्थमन्त्रालयका सह सचिव धनिराम शर्माले ब्रिफिङ गरेका थिए ।

आफैले ब्रिफिङ लिएपनि केपी ओलीले एमाले तथा आफूलाई थाहै नदिई बजेट पुरै माओवादीमय बनाएको आरोप लगाएका छन् । उक्त कुरा केपी ओलीले केही व्यापारीसँगको सेटिङ अनुसारको कुरा बजेटमा फेला पार्न नसकेपछि त्यस्तो अभिव्यक्ति दिएको विश्वास गरिएको छ । विष्णु पौडेलसँग विशेष सम्बन्ध भएका स्पन्ज आइरनवालाहरुको कुरा सुनेर ओलीले अर्थमन्त्रीमाथि बजेटमा एकलौटी आरोप लगाएका हुन् वा अर्कै केही चाहेका थिए भन्ने खुल्न सकेको छैन ।

बजेटबारे तल्लो तहबाट केही नभएको गुनासो आएपछि फेस सेभिङका लागि पनि पूर्व प्रधानमन्त्री ओलीले त्यस्तो भनेको हुनसक्छ । ओलीले बजेटका त्रुटीहरुबाट गम्भिर छलफल गर्ने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*