मनकामना स्मार्ट लघुवित्तद्वारा बोनस शेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह

२० जेष्ठ २०८१, आईतवार ०७:३३

काठमाडौं । मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्ना शेयरधनीलाई २०७८ पुस १९ गतेको चौथो वार्षिक साधारण सभाबाट पारित बोनस शेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साविकको स्मार्ट लघुवित्त वित्तीय संस्था र मनकामना लघुवित्त वित्तीय संस्था आपसमा मर्ज भई मनकामना स्मार्ट लघुवित्तको नामबाट २०७७ साउन ११ गते एकीकृत कारोबार थालेको थियो । कम्पनीले तत् पश्चात् शेयर खरिद गरेका वा आईपीओ बाँडफाँडमा परी हालसम्म उक्त शेयर कायम रहेको शेयरधनीको हकमा सो शयरबापतको कर तिर्न भनेको हो । करबापतको रकम जम्मा गराएपछि मात्रै बोनस शेयर डिम्याट खातामा जम्मा गराईने कम्पनीले जनाएको छ ।

साथै, बुक क्लोज भएको मिति २०७८ पुस ४ गतेभन्दा अघिल्लो दिनसम्ममा आफ्नो शेयर धितोबन्धक राखी कर्जा लिएका शेयरधनीले करबापतको रकम जम्मा गर्नु पर्ने भए सो जम्मा गरी फुकुवा पत्र प्राप्त भएपछि मात्र बोनस शेयर डिम्याट खातामा जम्मा गराइने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*