धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

२० जेष्ठ २०८१, आईतवार ११:०१

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुनः पार्किङमा फर्काइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो । जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

 

विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु पर्ने थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*