हालसम्मकै उच्च मूल्यमा स्थिर सुन, प्रतितोला कति ?

२० जेष्ठ २०८१, आईतवार १०:५३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत साताको अन्तिम कारोबारको दिनहालसम्मकै उच्च मूल्यमा रहेको सुन आज पनि सोहि निरन्तरतामा रहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै, चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*