बाजुरा जिल्लाका केहि ब्यक्तिले यातायात क्षेत्रमा गैरकानुनी काम गरेः छिरिङ डम्डुल लामा

२० जेष्ठ २०८१, आईतवार ११:५६

काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (भोटे)ले बाजुरा जिल्लामा केहि ब्यक्तिले यातायात क्षेत्रमा गैरकानुनी काम गरी रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको न्यून समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कर्णाली करिडोर अन्तर्गत बाजुरा जिल्लाको पलिचौर भन्ने ठाउँमा बुढीनन्द नगरपालिका, जगनाथ गाउँपालिका केहि ब्यक्तिहरुले गैरकानुनी रुपमा यातायात सेवा दर्ता गरी गैरकानुनी काम गरि रहेको भोटेले बताए । काठमाडौँ सुर्खत भारत हुँदै काठमाडौँ हुँदै हुम्ला मुगुमा जाने सार्वजनिक यातायातलाई दुःख दिने र चर्का असुल्नेकाम गरी रहेको उनले बताए ।

साथै, उनीहरुले विद्यार्थी, बिरामी, कर्मचारी र पर्यटकलाई दुःख दिने काम गैरकानुनी रहेको भोटेले बताए । उनले भने, ‘उक्त काम संविधानको धारा १७ उपधारा २ को ङ को खिल्ल उडेको छ । उक्त गतिविधि गर्नेलाई कारबाही हुनु पर्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*