स्रोत नखुलेको ७२ लाखसहित चाबहिलको एक गेस्ट हाउसबाट दुई जना पक्राउ

२० जेष्ठ २०८१, आईतवार १२:४७

काठमाडौं । काठमाडौँको चाबहिलबाट प्रहरीले ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा भोजपुर घर भएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा छन् । सुन खरिद गर्न सो रकम ल्याएको आरोपीहरूले प्रहरीसँग बताएका छन् । चाबहिल स्थित गेस्ट हाउसबाट रकम सहित उनीहरू पक्राउ परेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*