तथ्यले स्वीकार गर्ने गरी करको दर हेरफेर भएको होः अर्थमन्त्री पुन

२० जेष्ठ २०८१, आईतवार १३:३१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तथ्यले स्वीकार गर्ने गरी करको दर हेरफेर भएको बताएका छन् । आर्थिक बर्ष २०८१/८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्दै यस्तो बताएका हुन् ।

राजस्वका दर पनि निकै कम चलाएको अर्थमन्त्री पुनले तर्क राखे । ‘हामीले राजस्वका दर पनि निकै कम चलाएका छौं । निजि क्षेत्रसँग सहकार्य गर्ने सरकार तयार रहेको छ । अर्थतन्त्र सकुचन मुक्त नभइसकेको बेला निजि क्षेत्रको मनोबल कमजोर नहोस् भनेर राजस्वको दर निकै कम चलाएका हौ’ अर्थमन्त्री पुनले भने, ‘तथ्यहरुले स्वीकार गर्ने गरी बजेटमा राजस्वका केहि दर मात्र चलाएका छौं । उद्योगलाई सरक्षण गर्ने गरी राजस्वका दर हेरफेर भएका हुन् ।’

मुलुकको अर्थतन्त्र पूर्ण रुपमा लयमा आइनसको अर्थमन्त्री पुनले बताए । उनले भने, ‘बजेट बनाउँदा स्रोतको सकुंचन देखिएको थियो । अहिले ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्याङ विभागको अनुमान छ । अघिल्लो वर्षको भन्दा यो आर्थिक वृद्धिदरको अनुमान एकदमै राम्रो रहेको छ । अर्थतन्त्र लयमा फर्कि रहेको छ । तर पूर्ण रुपमा लयमा आउन सरकारले काम गरी रहेकोछ ।’

बजेटले युवाहरुलाई स्वदेशमै भविष्य देख्ने बाटो तय गरेको अर्थमन्त्री पुनले बताए । ‘जनताको अपेक्षा ठुलो थियो । हामीले सबैको माग सम्बोधन गरेको छौं । निजि क्षेत्रको मनोबल उठाउन हामीले भुमिका खेलेका छौं’ उनले भने ।

समग्रमा बजेट प्रस्ततु गर्दा दबाबको महसुस भएको उनले बताए । ‘अर्थतन्त्र पूर्ण सुधार आइसकेको छैन । बजेट बनाउँदा केहि दबाब पक्कै भएको थियो । बजेट आएपनि निजि क्षेत्रले स्वागत गरेको छ । सबैबाट बजेट सन्तुलित आएको सुन्न पाउँदा खुसी लागेको छ’ उनले भने ।

बजेटले नीति तथा कार्यक्रमलाई मुल आधार बनाएको उनको भनाइ छ । जनताका आकाक्षालाई हेरेर जिम्मेवारी पूर्वक बजेट ल्याएको अर्थमन्त्री पुनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*