बजेटले अर्थतन्त्रको लय समात्न सक्दैन, आन्तरिक ऋण लिने निर्णय सुहाउँदो भएनः महत

२० जेष्ठ २०८१, आईतवार १४:२६

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले सुधारका कार्यक्रम ल्याएर बिग्रदैं गएको अर्थतन्त्रको लय समात्न नसकेको बताएका छन् । आर्थिक बर्ष २०८१/८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

बजेटका चुनौतीहरूको सामना गर्ने दिशा बजेटले पक्रिन नसकेको उनले बताए । उनले भने ‘बजेटले अहिले देखिएको चुनौतिहरुको सामना गर्ने सक्दैन । सुधारको कंक्रिट स्टेप तयार गरेर कार्यविधि बनाएका थियौँ । आशा थियो त्यसले निरन्तरता पाउछ भन्नेमा तर सुधारको थालनी भए पनि त्यसले निरन्तरता पाएन । उच्च स्तरीय सुधार आयोगमा पन्छाइदिनुभयो ।’

आफू अर्थमन्त्री हुँदा सुरुवात गरेका कार्यक्रमले निरन्तरता नपाएको गुनासो महतको छ । “गत वर्ष हामीले सुधारका कन्क्रीट स्टेप चालेका थियौँ । त्यसअनुरूप कार्यविधि प्रस्तुत गरेका थियौँ । बजेटरी सिस्टरममा अनुशासनको कमी थियो, त्यसलाई अन्त्य गर्ने रोडम्याप तयार गरेका थियौँ । त्यसले निरन्तरता पाउँछ भन्ने ठानेको थिएँ, सुधारको जुन थालनी भएको थियो, त्यसले निरन्तरता पाएन,” उनले भने ।

बढाउनका निम्ति मात्र बजेटको आकार बढाइएको उनले टिप्पणी गरे । १८ अर्ब ६० अर्ब रुपैयाँ बजेट पु¥याउन ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय सुहाउँदो नभएको उनले बताए । “यसै त ऋणको भार त्यसै बढेको छ, अन्य देशले ऋण लिएर उत्पादन गरेर तिर्छन्, हामी त गलत ठाउँमा ऋण लिएर वितरण गर्ने । हाम्रो उत्पादन हुँदैन, राजस्व बढ्दैन । यसको परिणाम के हुने भयो ? यो ऋण हामीलाई बोझ हुने भयो,” उनले भने ।

सम्पूर्ण रकम अर्थ, सहरी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केन्द्रित गरिएको, कानुन मन्त्रालयमा न्याय निरूपण गर्न नसक्ने गरी ७७ करोडबाट ५४ करोड रुपैयाँमा बजेट झारिएको भन्दै उनले आपत्ति जनाए ।

विदेशमा पठाउन बिनाधितो ऋण दिने कार्यक्रम ल्याइएको भन्दै त्यो ऋण तिर्छन् भन्ने के ग्यारेन्टी छ भन्ने उनले प्रश्न गरे । स्याउ, प्याज र आलुमा लगाइएको भ्याट हटाएरमा उनको गुनासो थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*