चुनौतिको सामना गर्न आगामी आर्थिक वर्षको बजेट आयोः पूर्वअर्थमन्त्री पौडेल

२० जेष्ठ २०८१, आईतवार १४:३७

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट चुनौतिको सामना गर्न तयार भएर आएको बताएका छन् । आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

एमालेले सरकारले ल्याएको बजेटको समर्थन गरेको पौडेलले बताए । बजेट तुलनात्मक रुपमा सन्तुलित आएको उनको तर्क छ । उनले भने ‘बजेट तुलनात्मक रूपमा सन्तुलित आएको छ । बजेट संक्षिप्तमा आएको छ । बजेट करिब दुई घण्टाको हाराहारीमा सुन्यौँ । मलाई यो पनि राम्रै लागेको छ ।’

बाहिर आएजस्तो २० खर्बभन्दा ठूलो बजेट नआएर तुलनात्मक रुपमा सन्तुलित बजेट आएको उनको भनाइ छ । उनले बजेटले राखेका स्रोतको सबै सुनिश्चितता नभएपनि कम्तिमा पनि न्यूनतम लक्ष्य पूरा गर्नेमा विश्वास गर्न सकिने अवस्था रहेको बताए ।

राजस्व संकलनका सम्बन्धनमा स्रोत परिचालनका सम्बन्धनमा उच्च आकांक्षी बजेट आएको बताए । ‘अर्थमन्त्रीजीले आफैले चुनौती सिर्जना गर्ने र सामना गर्ने अठोट गरेको मैले पाँए । सहज यात्रालाई रोज्नु भएको छैन् उहाँले । चुनौती सिर्जना गर्ने र सामना गर्ने कुरा उहाँले गर्नु भएको छ’ पौडेलले भने, ‘यो बजेट समग्रमा सबै क्षेत्रको समस्या समाधान गर्ने खाले आएको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*