बजेट घाइते भएर आयो, मध्यपश्चिम र सुदूरपश्चिमका नागरिकको दैलोमा पुगेनः सांसद बलायर

२० जेष्ठ २०८१, आईतवार १५:३०

काठमाडौँ । नेपाली कांग्रेस नेता विर बहादुर बलायरले मध्यपश्चिम र सुदूरपश्चिमलाई बजेटले छुन नसकेको बताएका छन् । आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

अहिलेको बजेट घाइते भएको आएको बलायरको भनाइ छ । उनले भने, ‘बजेट आफैमा घाइते भएर आएको छ । सत्ता पक्षका सांसदले नै बजेट पूर्ण रुपमा सफल नहुनु बताइरहेका छन् । यस्तो प्रतिक्रिया आउनु भनेको बजेट घाइत भएको हो । बजेट समानता र समावेशीका आधारमा आएको छैन ।’

‘यो देशमा गडाचौकी पनि छ । भालुवाङबाट पर बजेट कहिल्यै जाने गरेको छैन । मध्यपश्चिम र सुदुरपश्चिमा प्रदेशमा बजेटले छुन सकेको छैन’ बलायरले भने ।

बजेट गरिब निमुखाका दैलोमा नपुगेको उनले बताए । ‘बजेट गरिब र निमुखाका घरमा बजेट जानु पर्छ । उनीहरुको दैलोमा बजेट कहिल्यै गएन । बजेट कसैको नीति सम्पत्ति होइन’ बलायरले भने, ‘कृषिमा आत्मनिर्भर भन्ने तर आलु ब्याजमा भ्याट लगाउने ? आयात प्रतिबन्ध गर्नु पर्छ । यो भित्र पनि गन्ध आएको छ । बजेटले कसैलाई न्याय दिएको छैन । गरिब निमुखाको आवाज बजेटले बोलेको छैन’

निर्माण ब्यवसायीहरुलाई समयमै रकम नदिनु राज्यको गल्ती भएको बलायरले बताए । उनले भने ‘निर्माण ब्यवसायी अहिले मारमा परेका छन् । निर्माण काम सम्पन्न गरे पनि भुक्तानी पाउन सकेको छैन । रकम नदिनु राज्यको गतल छ । सरकारले आफैले पैसा नदिने अनि काम भएन भने कालो सूचीमा राख्न पाउदैन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*