नेपाल टेलिकमको अवैध संरचनामा महानगरले चलायोे डोजर, प्रतिकार गर्न कर्मचारी सडकमा

२० जेष्ठ २०८१, आईतवार १५:३६

काठमाडौं । नेपाल टेलिकम दुरसञ्चार कार्यालय चाबहिलको पर्खाललाई महानगरपालिकाले भत्काएको छ । मापदण्ड बिपरित संरचना बनाएको भन्दै महानगरपालिकाले डोजर चलाउदै पर्खाल भत्काएको हो ।

महानगरपालिकाको उक्त कार्यको प्रतिकार गर्दै टेलिकमका कर्मचारीहरु सडकमा उत्रिएका छन् । कर्मचारीहरुले आफुहरुलाई कुनै पनि पत्राचार नगरेर एक्कासी पर्खाल भत्काएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमल कुमार होडाले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को तारिफ गर्दै मापदण्ड विपरित बनाएको संरचना भत्काएकोमा खुशी व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाले भत्काएको उक्त पर्खाल मापदण्ड विपरित रहेको वडा   अध्यक्ष विमल कुमार होडाले बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*