प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

२० जेष्ठ २०८१, आईतवार १६:१८

काठमाडौँ । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ । होटल म्यारियटमा शनिवार आयोजित समारोहको प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्र मन्त्री माननीय नारायणकाजी श्रेष्ठको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आईबी एजुकेसन प्रणाली अन्तर्गत प्राथमिक वर्ष कार्यक्रम (पीवाइपी) मध्य वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आईबीडीपी) कार्यक्रम सञ्चालन गरेर आईबी कन्टिनम स्कुलको परिचय बनाएको नेपालकै एक मात्र शिक्षण संस्था प्रिमियर इन्टरनेसनलले आफ्नो पहिलो ब्याचलाई भव्य समारोह आयोजना गर्दै दीक्षित गरेको हो ।

आईबीडीपी र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) बाट कक्षा १२ तहसम्मको अध्ययन पूरा गरेका ९१ विद्यार्थीलाई विद्यालयले दीक्षित गरेको प्रिमियर इन्टरनेसनल विद्यालयकी एकेडेमिक निर्देशक प्रबिना थापाले बताइन् । जसमा आईबीडीपी कार्यक्रमका ४१ विद्यार्थी छन् भनेँ एनइबीका ५० विद्यार्थी छन् । आईबी कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गर्दै दीक्षान्त प्रमाणपत्र हासिल गर्ने नेपालको यो पहिलो ब्याच हो ।

‘पीवाईपी, एमवाईपी र डीपी पाठ्यक्रमको अध्ययन पूरा गरेका विद्यार्थीहरूले यसबीचमा आफ्नो जीवनलाई आवश्यक शिक्षा हासिल गर्नुभयो भन्ने आशा लिएकी छु’ प्रिमियर स्कुलकी निर्देशक पवित्रा लिम्बूले भनिन्–‘अन्तराष्ट्रिय स्तरमा अब्बल आईबी एजुकेसन सिस्टमलाई स्थानीय सामाजिक परिवेश, हाम्रो कला संस्कृति अनुरूप अध्यापन गराएर ‘ग्लोबल सिटिजन’ जन्माउन प्रिमियर सफल भएको छ ।’

निर्देशक लिम्बूले दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै भनिन्– ‘कडा परिश्रम र समर्पण मार्फत आफ्नो क्षमता र उत्कृष्टता प्रदर्शन गर्न कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गरेका विद्यार्थी सफल भएका छन् । यसले विद्यार्थीको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्नेछ ।’

निर्देशक लिम्बूले विद्यार्थीको क्षमता अभिवृद्धि, गुणस्तर शिक्षामा दृढ रही प्रिमियर स्कुलले काम गर्दै आएको पनि बताइन् । ‘आईबी शिक्षा संसारका लागि पासपोर्ट मात्र होइन, विश्वव्यापी अवसर र अनुभवहरूका लागि ढोका खोल्ने माध्यम पनि हो । यसले नेपालको विकासमा अर्थपूर्ण योगदान गर्ने त छँदैछ, विद्यार्थीलाई आवश्यक सीप, ज्ञान र दृष्टिकोण प्रदान गरेर सुसज्जित नागरिकको परिचय दिलाउँछ ।’

प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलबाट विद्यार्थीले १५ वर्षमा हासिल गरेको ज्ञान र शिक्षाले उनीहरूको सुनौलो भविष्य निर्माणमा ठोस योगदान दिने निर्देशक लिम्बूले थपिन् ।

यसै गरी प्रिमियर इन्टरनेशनल स्कुलका प्रवन्ध निर्देशक वसन्त थापाले उच्च शिक्षाको लागि विद्यार्थी विदेश गएता पनि स्वदेशमा फर्किएर काम गर्नुपर्ने बताए । ‘विद्यार्थीलाई थापाले उज्वल भविष्यको शुभकामना दिँदै दीक्षित हुने विद्यार्थीहरूले प्रिमियर सिकेका हासिल गरेको विषय आफ्नो जीवनमा पनि उपयोग गर्दै अन्यत्र पनि बाढ्न आवश्यक रहेको बताए ।’

यस्तै, दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उपप्रधान तथा परराष्ट्र मन्त्री माननीय नारायणकाजी श्रेष्ठले भने, ‘तपाईंको पढाइको यात्रा अहिले नै सकिएको छैन, आगामी दिनमा थप मिहिनेत गर्दै अगाडि बढ्नु हुन्छ भन्ने अपेक्षा राखेको छु, देश साथै समाज विकासमा तपाईंहरुको भूमिका महत्त्वपूर्ण छ ।’

सन् २००८ मा ललितपुरको खुमलटारमा स्थापना भएको प्रिमियर स्कुलले स्विटजरल्यान्डबाट विस्तारित अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली आईबी एजुकेसन सञ्चालनको मान्यता पाएको डेढ दशक पुगेको छ । आईबी एजुकेसनबाट कक्षा १० उत्तीर्ण आफ्नै ब्याचलाई आईबीडीपी कार्यक्रममा भित्र्याएर नेपालकै एक मात्र आईबी कन्टिनम स्कुल बन्न प्रिमियर सफल भएको थियो । आईबी शिक्षण प्रणाली अन्तर्गत आईबीका तीन वटै कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई मात्र आईबी वर्ल्ड एजुकेसनबाट आईबी कन्टिनमको उपाधि दिएर प्रमोसन गरिन्छ । जुन उपाधि हासिल गर्दै प्रिमियर नेपालको एक मात्र आईबी कन्टिनम स्कुलको पहिचान बनाउन सफल भयो । यो मुलुककै निम्ति गर्वको कुरा हो, किनभने विश्वभरमा आइबीका ७ प्रतिशतमात्र आईबी कन्टिनम विद्यालय छन् ।

विश्वव्यापी मान्यता प्राप्त आईबी एजुकेसन प्रणाली त्यसमा पनि आईबी कन्टिनम स्कुलबाट दीक्षित भएर निस्किएको यो ब्याच प्रति प्रिमियर इन्टरनेसनलले गौरव महशुष गरेको निर्देशक लिम्बुको भनाई छ । लिम्बु भन्छिन् ‘कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको अन्तराष्ट्रिय स्तरमै ख्यातिप्राप्त आइबी एजुकेसन स्वदेशमै प्रदान गर्ने एक मात्र कन्टिनम स्कुल भन्दा प्रिमियर गौरवको अनुभूति गर्छ ।’

आईबी शिक्षा प्रिमियरमा नै किन ?

प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ । विशिष्ट श्रेणीको शिक्षा प्रदान गर्ने यस स्कुलको आफ्नै सुविधा सम्पन्न भौतिक संरचनाबाट पठनपाठन सञ्चालन हुँदै आएको छ । प्रिमियर इन्टरनेशनलले अंगालेको आईबी शिक्षण विधि विश्वकै नमुना र उपयुक्त विधि हो ।

विद्यार्थीको विशेषता पहिचान गर्दै गुणस्तरीय विधि मार्फत अहिलेको समय सुहाउँदो शिक्षण प्रणालीमा अध्यापन गराउँदै आएको प्रिमियर इन्टरनेशनलमा विद्यार्थीको संख्या पनि उल्लेख्य छ । यस शैक्षिक संस्थाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिँदै आएको छ । ग्लोबल मार्केटमा फिट हुनसक्ने दक्ष विद्यार्थी उत्पादन गर्नु प्रिमियरको लक्ष्य नै हो ।

नेपालमा प्रिमियर इन्टरनेशनल स्कुलले सुरु गरेको आईबी शिक्षा विश्वभरमै लोकप्रिय कार्यक्रम हो । आईबीलाई उत्कृष्ट पाठ्यक्रम मानिनुका साथै साथै खोजमूलक शिक्षा भनेर पनि चिनिन्छ । आईबी शिक्षामा विभिन्न उमेर समूहका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै कार्यक्रम हुन्छ ।

आईबी शिक्षा ३ देखि १९ वर्षका उमेर समूहका विद्यार्थीलाई लक्षित गरी दिइन्छ । आईबीमा ३ देखि ११ वर्षका विद्यार्थीहरूको लागि पीवाईपी, ११ देखि १६ वर्षका विद्यार्थीहरूको लागि एमवाईपी र डिप्लोमा कार्यक्रम (डीपी) गरी तीन मुख्य कार्यक्रम रहेका छन् । आईबी शिक्षाले विद्यार्थीको व्यक्तिगत क्षमता बृद्धि, अध्ययन बढाउनु साथै आशावादी बनाउने र चुनौतीहरूको सामना गर्न सक्ने बनाउँछ । यस कार्यक्रमले विद्यार्थीहरूलाई उनीहरूको ज्ञानको अभिवृद्धि गर्दै सीप विकास गर्न मद्दत गर्छ ।

विद्यार्थीको शैक्षिक र व्यक्तिगत सफलताको लागि ‘आईबी एजुकेसन सिस्टम’ उत्तिकै प्रभावकारी सावित भएको छ । सन्तुलित साथै फराकिलो विचार प्रणालीबाट अभिप्रेरित आईबी एजुकेसनले विद्यार्थीलाई जिज्ञासु, ज्ञानी, विचारक बन्नमा मदत पुर्याउँछ । विद्यार्थीको बौद्धिक विकासका साथै शैक्षिक सफलता हासिल गर्न पनि यो प्रणाली सफल देखिएको छ । आईबी एजुकेसनबाट दीक्षित विद्यार्थीका प्रशस्तै सफल उदाहरणले यस कार्यक्रमलाई विश्वव्यापी बनाउन भूमिका खेलेको छ । सन्तानलाई स्वदेशमै रहेर ग्लोबल सिटिजन बनाउन चाहने अभिभावकका निम्ति आईबी एजुकेसन सहि गन्तव्य हुनेमा दुई मत छैन । त्यसमा पनि कन्टिनम स्कुलबाटै सन्तानलाई दीक्षित गराउन सके विद्यार्थीको उन्नत भविष्यमा महत्वपुर्ण योगदान पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*