गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाः सर्वोच्चमा दर्ता भएको १२ वर्षपछि निर्णय सुनाउने

२० जेष्ठ २०८१, आईतवार १९:१५

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता जोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ गते फैसला सुनाउने भएको छ।विशेष अदाललते जोशीलाई गैरकानुनी रुपमा सम्पती आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरेपछि उनीसहित सरकारी पक्ष २०६९ देखि एक वर्षको अवधिमा सर्वोच्चमा पुनरावेदन गरेका थिए।

न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जेठ १ गतेदेखि थालेको सुनुवाइ आइतबार सकिएपछि साउन १३ गतेका लागि निर्णय सुनाउने (निसु) राखेको सर्वोच्चका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार मुद्दाका दुवै पक्षलाई असार २१ गतेभित्र लिखित बहस नोट पेश गर्न भनिएको छ।

२०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि कांग्रेसका प्रभावशाली नेता रहेका जोशीले गृहसहितका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। त्यसरी पदमा रहँदा उनले अवैधानिक रुपमा अकुत आजर्न गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको थियो।

जोशीको ०४८ देखि ०५९ सालसम्म सार्वजनिक पदमा रहँदा गरेको आय आर्जन र खर्चबीचको तादम्यमता नमिलेको भन्दै विशेष अदालतका ततनकाली अध्यक्ष गौरीबहादुर कार्की र न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले उनलाई भ्रष्टाचारी ठहर गरेका थिए।

अख्तियारले जोशीले दुई करोड १६ लाख रुपैयाँ मात्रै अवैध आम्दानी गरेको ठहर गरेको थियो। अख्तियारले उनको तीन करोड ९३ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबी गरेको थियो। विशेषको उक्त फैसलाविरुद्ध दुवै पक्ष सर्वोच्च गएका हुन्।

जोशीसहित उनलाई भ्रष्टाचारजन्य काममा सहयोग गर्ने, सम्पत्ति लुकाउन सहयोग गरेका परिवारका सदस्यसहित अरु ६ जनालाई पनि प्रतिवादी बनाइएको छ। सरकारले ताराराज पाण्डे, दिनेशराज जोशी, वासुदेव पन्तविरुद्ध पनि विशेषको फैसलाविरुद्ध पुनरावेदन दिएको छ।

सर्वोच्चले हालसालै नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्मा भ्रष्टाचार मुद्दाको फैसला गरेपछि कृषि आयलाई कसरी गणना गर्ने आधार तयार भएपछि सर्वोच्चले भ्रष्टाचारका अरु पुराना मुद्दालाई पनि सुनुवाइमा तदारुपता दिएको हो। जोशीको मुद्दा सर्वोच्च पुगेको १२ वर्षपछि फैसला हुन लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*