डिम्याट खाता नवीकरण शुल्क तिर्न सिद्धार्थ क्यापिटलको आग्रह

२१ जेष्ठ २०८१, सोमबार ०७:४८

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले डिम्याट खाताको नवीकरण शुल्क तिर्न खातावालालाई आग्रह गरेको छ ।

सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका शाखा कार्यालयहरूमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका खातावालालाई वार्षिक नवीकरण शुल्क तिर्न भनिएको हो ।

डिम्याट खातावालाहरूले प्रत्येक आवको १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ । क्यापिटलले खातावालालाई असार मसान्तभित्र शुल्क तिर्न भनेको छ । खातावालाले सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय वा इसेवा, आईएमई पे, खल्ती, प्रभु पे वा कनेक्ट आईपीएस जस्ता विद्युतीय भुक्तानी माध्यमबाट शुल्क तिर्न सक्नेछन् ।

साथै, शुल्क भुक्तानी नगरेका खातावालाको डिम्याट खाता शुल्क नतिरेसम्मका लागि रोक्का गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*