घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

२१ जेष्ठ २०८१, सोमबार १०:४३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रुपैयाँ र र तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*