त्रिवेणी मोटोकर्पको ईभी शो–रुम शुभारम्भ, कार्गो भ्यानहरूको बिक्री वितरण शुरू

२१ जेष्ठ २०८१, सोमबार १२:०३

काठमाडौं । त्रिवेणी मोटोकर्पले ललितपुरको बालकु‌मारीमा डोग्रफेश इलेक्ट्रिक भेहिकल्सको लागि शो–रुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोश्‌छेद्र अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरू आयात गरी बिक्री वितरण शुरू गरेको हो ।

डोकूफेडू अटोमोवाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा बिक्री वितरण हुँदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १४ सिट क्षमताको डोड्रफेङ इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ चनमिटर क्षमताको कार्गो भ्यानहरू विक्रि वितरण सुरु गरेको छ । बिजुली गाडीको प्रवर्द्धन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आबद्ध सबै पक्षको समान लामको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रालिले लिएको जनाएको छ ।

११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी रेन्ज प्रदान गर्ने जनाइएको छ। त्यसैगरी १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमीको रेन्ज प्रदान गर्नेछ । डोड्रफेङ्गका सबै इलेक्ट्रिक भ्यानहरूमा सिएटीएल ब्यादि जडित रहेका छन् ।

कम्पनीले उक्त रेन्जहरु ४० किमी प्रति घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी संचालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेन्ज परिक्षण गर्दा २५० किमिको रेन्ज सजिलै पाईने जनाएको छ ।

त्रिवेणी मोटोकर्प प्रालिले होङ्गफेङ्ग इलेक्ट्रिक भ्यानहरु नेपाल भरि विक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको छ। सवै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुलाई चार्जिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ चार्जिङ स्टेशनहरु आफ्‌ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ्ग स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ ।

त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स कम्पनि प्रालि, ईटहरीमा ईष्ठर्ज मोटर्स, जनकपुर तथा विरगञ्जमा नारायणी अटोकर्प, पोखरामा अटोवेज, धनगढीमा प्राप्ती मोटर्स, नारायणघाटमा स्मार्ट अटो, ललितपुरमा स्मार्ट अटो, भक्तपुरमा जी.इ.भी. नेपाल मार्फत आफ्‌ना गाडीहरुको बजारीकरण गरिने जनाएको छ ।

त्रिवेणी मोटोकर्पले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ साथै आवश्यक पार्टसहरुको व्यवस्था पनि गरिसकेको जनाएको छ। यसवाट बिक्री पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्जीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले बुक्क सँग डोश्फेद्र गाडी छनौट गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले सर्भिस सम्बन्धी व्यवस्थाहरुको निरीक्षण गर्न ग्राहकहरुसँग अनुरोध पनि गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*