बजेट आफैमा अन्तरविरोधी छ, लक्ष्य एकातिर र बिनियोजन अर्कोतिर रहेको छः रघुजी पन्त

२१ जेष्ठ २०८१, सोमबार १२:२३

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा एकपा एमालेका नेता रघुजी पन्तले बजेट आफैमा अन्तरविरोधि रहेको र लक्ष्य एकातिर तथा बजेट विनियोजन अर्कोतिर भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभामा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागि हुर्दै उनेले उक्त आरोप लगाएका हुन् ।

‘बर्तमान अर्थमन्त्रीले आफ्नो मन्त्रालय र मुलकलाई आर्थिक अनुशासनमा राख्नुपर्छ।’ उनले भने, ‘सकेसम्म आन्तरिक ऋण त लिदै नलिउ । किनभने बैदेशिक ऋणमा व्याप पनि कम हुन्छ र लामो समयको अवधि हुन्छ । आन्तरिक ऋणले राज्यलाई धान्न गाह्रो हुन्छ।’

उनले बजेटलाई समर्थन गर्दै बजेट यथार्तवादी हुने प्रयत्न गरेको बताए । ‘हामीले लक्ष्य अनुसार राजश्व संकलन गर्न सक्ने अवस्था छैन, त्यसो भएपश्चात आन्तरिक ऋण बढ्न जान्छ र अनि केही समयपछि हाम्रो अवस्था श्रीलकांको जस्तो हुनेछ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*