राज्यले बगि रहेको राजस्वलाई उठाउन सक्नु पर्छः प्रेम आले मगर

२१ जेष्ठ २०८१, सोमबार १४:०२

काठमाडौँ । सांसद तथा एकीकृत समाजवादीका नेता प्रेम आले मगरले बगि रहेको राजस्वलाई सरकारले उठाउन सक्नु पर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभामा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागि हुँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बक्यौत रकम समेत सरकारले उठाउन सकेको छैन । क्यासिनोहरुले अर्बौ रकम राजस्व दिन बाँकी छ । तर सरकारले उठाउन तिर अग्रसर छैन । राजस्व बगि रहेको राज्यले त्यसलाई निरन्तर गर्नुपर्छ ।’

समग्रमा बजेट सन्तुलित आएको भन्दै आलेले आफ्नो पार्टीको समर्थन रहने बताए । ‘अर्थमन्त्रीले करिब २ घण्टामा बजेट बाचन गर्नु भएको छ । छोटो बजेट आउनु राम्रो हो । यो सन्तुलित रहेको छ’ आलेले भने, ‘अर्थतन्त्र सकुचनमा रहेको बेला बजेट कार्यान्वयन चुनौतिपूर्ण रहेको छ । स्रोत परिचानमा पनि गर्नु सक्नु पर्छ । सरकारले सुशासन कायम गर्नुपर्छ । राजस्व चुवावट निरन्तर गर्न सके राज्यले आफ्नो लक्ष्य पुरा गर्ने सक्छ ।’

बजेट ब्यवस्थापनका लागि ऋण लिने विषय भने कठिनाइ हुने मन्त्री आलले बताए । ‘पुँजीगत खर्चका लागि वित्त ब्यवस्थापन गर्नु पर्छ । ऋण लिने विषयले कठनाइ ल्याउन सक्छ । आन्तरिक ऋणा लिदा निजि क्षेत्रले बैंकबाट लोन लिदा तरलता कम हुन सक्छ । ग्यासलाई प्रतिस्थापन गर्ने ५० प्रतिशत विद्युतीय चुलो दिने काम सम्माजनक छ । डोटीलाई सास्कृतिक सहर बनाउने कुरा राम्रो हो । धनगडी खुटिया दिपायलमा बजेट अपुक हुन्छ थप गर्नुपर्छ’ आलेले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*