सिटी होटलको सीएफओको जिम्मेवारी गुरागाईलाई

२४ जेष्ठ २०८१, बिहीबार १०:०६

काठमाडौं । सिटी होटल लिमिटेडको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को जिम्मेवारी शशाङ्क गुरागाईले पाएका छन् ।

कम्पनीको सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले जेठ २४ गतेदेखि लागू हुने गरी कम्पनीमा कार्यरत गुरागाईलाई वित्तीय तथा लेखा प्रमुखको जिम्मेवारी दिएको छ ।

यसअघि कम्पनीको सीएफओको जिम्मेवारी सम्हाल्दै आएका ईश्वर बन्धु रेग्मीले व्यक्तिगत कारण देखाई राजीनामा पेश गरेका थिए । सञ्चालक समितिले रेग्मीको राजीनामा स्वीकृत गर्दै गुरागाईलाई कार्यभार सुम्पेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*