सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

२४ जेष्ठ २०८१, बिहीबार १०:३३

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*