प्रतिनिधि सभाबाट सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०८१ पारित

२४ जेष्ठ २०८१, बिहीबार १७:५४

काठमाडौं । प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

विधेयकको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले नेपाल भित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताइन्।

उनले भनीन्, कयौँ सामग्रीहरु विद्यमान अवस्थामा पनि छपाई गर्नसक्ने स्थितिमा छौँ । अहिले छपाई गर्ने स्थितिमा रहेका मेसिनहरुलाई प्रयोग गरेर छपाई गर्ने । ,’बैंक नोट लगायतका कुराहरुलाई चाहिँ व्यवस्थित गरेर अगाडी बढाउने कुरा रहेको उनले जानकारी दिईन् ।

 

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*