९ लाख पर्ने केटीएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा

२४ जेष्ठ २०८१, बिहीबार १८:५०

काठमाडौं । केटीएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा सार्वजनिक गरिएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ ड्यूक ३९० को सार्वजनिक गरेको हो ।

बाइकको मूल्य ८ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । जुन पुरानो मोडलभन्दा १ लाख सस्तो हो। बाइक सार्वजनिक भएको पहिलो दिनमै ५० जना ग्राहकलाई हस्तान्तरण गरिएको छ ।
पावर, स्टाइल र इनोभेशनमा नयाँ बेञ्चमार्क स्थापना गर्दै नयाँ अपग्रेड र उत्कृष्ट फिचर्सहरुको साथ नयाँ ड्यूक ३९० नेपाली बजारमा प्रवेश गरेको कम्पनीले जनएको छ । बाइकमा अपग्रेडेड ३९९ सिसी सिङ्गल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ, जसले ८५०० आरपिएममा उच्चतम ४६ पिएस पावर र ६५०० आरपिएममा उच्चतम ३९ एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ।

यो नयाँ बाइक प्रि–वुक गर्ने ग्राहकले ३१ हजार पर्ने एरोह हेल्मेट निःशूल्क पाउने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*