११ देशका नेपाली राजदूत फिर्ता, दिल्लीस्थित राजदूत पनि हटाइए

२५ जेष्ठ २०८१, शुक्रबार ०७:४३

काठमाडौं । सरकारले ११ देशमा कार्यरत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को अमेरिका, बेलायत, साउदी अरब, भारत, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । राजनीतिक नियुक्तीका आधारमा यसअघि ति देशहरुमा राजदूत बनेर गएकाहरुलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारले दिल्लीस्थित नेपाली राजदूतलाई समेत हटाउने निर्णय गरेकोे छ । दिल्लीमा डा. शंकर शर्मा राजदूत थिए । त्यस्तै, अमेरिकास्थित नेपाली राजदूत श्रीधर खत्रीलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ । त्यस्तै, लण्डनस्थित बेलायतका राजदूत ज्ञानचन्द्र आचार्यलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको छ ।

यसअघिको देउवा नेतृत्वको सरकारले २०७८ कार्तिक ११ गतेदेखि २०८० कार्तिक २३ गतेसम्म राजदूत नियुक्त भएका उनीहरुलाई हटाउने निर्णय गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*