प्रभु ग्रुपका देवी भट्टचनलाई मातृशोक, ८६ बर्षीय यम कुमारीको निधन

२५ जेष्ठ २०८१, शुक्रबार ०८:००

काठमाडौं । प्रभु ग्रुपका संस्थापक तथा अध्यक्ष देवी प्रसाद भट्टचनलाई मातृशोक परेको छ । उहाँको ममतामयी आमा यम कुमारी भट्टचनको गएराति १०ः४० बजे ८६ वर्षको उमेरमा निधन भएको छ ।

यम कुमारीको हिजो राति काठमाडौंमा निधन भएको हो । यम कुमारीकी श्रीमान स्व. बाल नरसिंह भट्टचनको यसअघि नै निधन भइसकेको छ । यम कुमारीका दुई छोरा र दुई छोरी छन् ।

उहाँको पार्थिव शरिरलाई आज अपरान्ह २ बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*