दमौलीमा नयाँ एनसेल सेन्टर संचालन

२५ जेष्ठ २०८१, शुक्रबार ०८:३२

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । एनसेलले ग्राहकहरूलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्ने उद्देश्यले ब्यास नगरपालिका–३ महर्षी चोकमा नयाँ सेन्टर संचालनमा ल्याएको हो ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’ अनुरूप स्थापना गरिएको यो नयाँ सेन्टरबाट ग्राहकहरूले सबै किसिमका सेवा लिन सक्छन् । एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले बिहिबार उक्त एनसेल सेन्टरको उद्घाटन गरेका हुन् ।

एनसेलका सेवा तथा सुविधा बारे सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू यस नयाँ सेन्टरबाट लिन सकिन्छ । ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारू, ब्यालेन्स रिचार्ज, ट्रान्सफर र बिल तिर्ने लगायतका सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

नयाँ सेन्टरले आइतबार देखि शुक्रबार हप्ताको ६ दिन ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले ट्राफिक चोक अगाडि दमौलीमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । ग्राहक सेवालाई अझ सहज बनाउने उद्देश्यले एनसेलले देशका विभिन्न भागमा ३० वटा भन्दा बढी एनसेल सेन्टरहरू संचालन गर्दै आईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*