सुनको मूल्य हालसम्म कै उच्च, प्रतितोला सुन किन्न १ लाख ४५ हजार चाहिने

२५ जेष्ठ २०८१, शुक्रबार ११:३३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड कायम गर्दै आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*