७ अर्ब ४२ करोड रुपैयाँ तिर्न युनाइटेड टेलिकमलाई १५ दिने अल्टिमेटम

२५ जेष्ठ २०८१, शुक्रबार १४:४९

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) लाई ७ अर्ब ४२ करोड रुपैयाँको बक्यौता भुक्तानी गर्न १५ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

यूटीएललाई अनुमतीपत्रको नवीकरण दस्तुरको किस्ता, फ्रिक्वेन्सी, रोयल्टी, ग्रामिण दूरसञ्चार विकास कोष शुल्कसहित यसले बुझाउन बाँकी रहेको ७ अर्ब ४२ करोड ९३ लाख ९१ हजार३३७ रुपैयाँ तिर्न आग्रह गरेको छ । प्राधिरकणले जेठ मसान्तसम्मको हुन आउने रकम १५ दिनभित्रै तिर्न भनेको हो ।

यूटीएलले समयमा नै बाँकी बक्यौता भुक्तान नगरेमा दूरसञ्चार ऐन २०५३ को दफा २८ अनुसार यसको लाइसेन्स खारेज गर्ने चेतावनी पनि दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*